जेनेभा । यमनमा गत एक बर्ष अघिबाट सुरु भएको साउदी अरेबियाआवद्ध हवाईआक्रमणमा एक दिनमा कम्तीमा पनि छ जना बालबालिका मारिने गरेको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।
यस द्वन्द्वबाट देशका बालबकालिका र युवाहरुाको मृतक सङ्ख्या भयाभह तरिकाबाट बढ्ने गरेको संयुक्त राष्ट्रसङ्घीय बालकोषले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोषले साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेको वर्षदिन पुगेको दिनमा सार्वजनिक गरेको एक प्रतिवेदनमा सो अवस्था पाइएको जानकारी दिएको हो ।
उक्त निकालये सो हवाई आक्रमणका क्रममा दैनिक छ जनाको दरले पनि कम्तीमा तीन हजार जनाभन्दा बढी नागरिकमा तीन भागको एक बालबालिका रहेका बताइएको छ ।
यमनको कुनै पनि स्थानमा बालबालिका सुरक्षित नभएको पनि सो प्रतिवेदनमा जनाइएको छ । सुतिरहेका र खेलिरहेका बालबालिका समेत सुरक्षित नभएको यमनको लागि युनिसेफका प्रतिनिधि जुलिएन हर्नेइजले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
साउदी अरेबियाले गत वर्षको मार्च २६ बाट यहाँका तत्कालीन राष्ट्रपति अबेद रब्बो मन्सुउर हादीको समर्थन र हुथी विद्रोही विरुद्ध हवाई आक्रमण सुरु गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनको सङ्ख्याको ८२ प्रतिशतलाई मानवीय सहयोगको आवश्यता परेको छ । त्यसैगरी ३ लाख २० हजार बालबालिकामा कुपोषणको समस्या देखिएको पनि सो प्रतिवेदनमा जनाइएको छ । एएफपी
प्रतिक्रिया