मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने

काँग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने


काठमाडौँ । नेपाली काँग्रेसको शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेकोे छ । 
 
वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा आज भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने बारेमा छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । 
 
बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो । 
 
यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो । रासस