मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता आवास कार्यक्रमअन्तर्गत सय घर निर्माण गरिने

जनता आवास कार्यक्रमअन्तर्गत सय घर निर्माण गरिने


चितवन । जनता आवास कार्यक्रमअन्तर्गत चितवनमा यस आवमा सयवटा घर निर्माण गरिने भएका छन् । अघिल्लो आवमा १५० घर निर्माण गरिएकामा यस आवमा सो सङ्ख्यामा घर निर्माण गर्न लागिएको हो । 
 
सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत चितवनमा यो कार्यक्रम अति विपन्न चेपाङ समुदायमा लक्षित गरिएको जनता आवास कार्यक्रमका संयोजक शेषनाथ अधिकारीले बताउनुभयो । 
 
अधिकारीको संयोजकत्वमा बसेको बैठकले अघिल्लो वर्ष भएको कार्यक्रमको समीक्षासहित चितवनमा रहेका साविक १२ वटा गाविसमा कार्यक्रम सञ्चालन गर्न लागिको हो । 
 
कविलास गाविसमा दुई, दाहाखानी गाविसतमा पाँच, पिप्ले गाविसमा सात, कोराक गाविसमा १२, लोथर गाविसमा १६, शक्तिखार गाविसमा १३, सिद्धि गाविसमा १२, काउले गाविसमा १६, चन्डिभञ्ज्याङ गाविसमा छ, दारेचोक गाविसमा पाँच, अयोध्यापरी गाविसमा चार र पदमपुर गाविसमा दुई  घर निर्माण गरिनेछ । 
 
अघिल्लो वर्षमा भवन निर्माणका क्रममा भएका अनियमितता र कमीकमजोरीलाई तत्काल सच्याउन पनि बैठकले सहरी डिभिजन तथा भवन निर्माण कार्यालय चितवनलाई आग्रह गरेको छ । 
 
सो कार्यक्रममा चितवनमा रहेका चेपाङ समुदायलाई लक्षित गरी घर निर्माण गरिने संयोजक अधिकारीले जानकारी दिनुभयो । चितवन जिल्लामा रहेका २९ हजार चेपाङमध्ये ८० प्रतिशत भूमिहीन छन् । आफ्नो बारीको आम्दानीले वर्षभरि खान पुग्नेको सङ्ख्या १३ प्रतिशतको हाराहारीमा छ ।