मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतलाई देखाउन चीनसँग पारबहन सम्झौता : प्रधानमन्त्री

भारतलाई देखाउन चीनसँग पारबहन सम्झौता : प्रधानमन्त्री


चितवन । प्रधानमन्त्री केपि शर्मा ओलीले भारतलाई देखाउन चीनसँग पारबहन सम्झौता गरिएको बताएका छन् । नाकाबन्दी गरेर भारतले नेपाली जनतालाई दुख दिएको भन्दै उनले पारबहनमा नेपाल भारतसँग मात्र निर्भर छैन भन्ने पुष्टि गर्न चीनसँग पारबहन सम्झौता गरिएको स्पष्ट पारे । 
 
अहिलेको सरकार छिमेकी राष्ट्रलाई दिएर आएको छैन प्रधानमन्त्री ओलीले भने आत्मसम्मानका साथ महत्वपूर्ण सम्झौता गरेको छ । रत्ननगरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले भारत र चीनसँग गरेका सम्झौता मुलुककै लागि महत्पूर्ण भएको बताए । 
 
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र नेपाली जनताको लागि चाहिएजति बिजुली उपलब्ध गराउन सरकार लागि परेको बताए । एक वर्षभित्र लोडसेडिङ अन्त्य र दुई वर्षभित्र जाहिएजति बिजुली उपलब्ध गराउन जलविद्युत् आयोजना निर्माण र मर्मतको काम सुरु भएको उनको भनाई छ । 
 
अहिले विजुली बल्न गाह्रो छ, उनले भने, दुई वर्षपछि बत्ती बल्ने त के कुरा हिटर, फ्रिज जति चलाए पनि हुन्छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल भारत वेष्ठित नभई परिवेष्टितमुलक भएको भन्दै दुई अलग छिमेकी मित्रराष्टसँग आआफनै प्रकारको सम्बन्ध रहेको बताए ।
 
चीनसँग पारबहन लगायतका विभिन्न सपन्ध सम्झौता भएकोले यसले देशलाई हितकर रहेको बताए । उनले भ्रमणका क्रममा भारतसँग ८ र चीनसँग महत्वपूण सम्झौता गरिएको जानकारी दिए । राष्ट्रिय हित र स्वाभिमानलाई बचाएर दुवै मुलुकसँग सम्झौता गरेको छु, उनले भने दुबै देशसँगको नाता उचाईमा पुगेको छ । भारत भ्रमणले दुई देश बीचमा बढेको असमझदारी अन्त्य भएको प्रधानमन्त्रीको भनाई रहेको छ । 
 
उनले नाकाबन्दीका बीच गरिएको भारत भ्रमणले नेपालको स्वाभिमान जोगाउन सफल भएको बताए । हामी भारत र चीनसंगको मित्रता कायम राख्न चाहन्छौ प्रधानमन्त्री ओलीले भने तर घुडा टेकेर होईन । उनले नेपाल र नेपाली जनता लत पर्ने गरी भारतसँग कहित्यै पनि नझुक्ने बताए । दुई वर्षभित्र केरुङ काठमाडौं दुई लेनको पक्की सडक निर्माण गर्ने, मध्यपहाडी राजमार्गलाई विस्तार, पूर्व पश्चिम राजमार्गलाई ६ लेनको सडक बनाउने योजना रहेको प्रधानमन्त्रीले बताए । 
 
साथै प्रधानमन्त्री ओलीले चितवनको शक्तिखोरमा मदन भण्डारी स्मृति पोलिटेक्नीक इष्टिच्युट स्थापना गर्ने प्रतिबद्धता जनाए । उनले चितवनवासीले माग गरे तत्काल त्यसको प्रक्रिया थाल्न सम्बन्धित निकायलाई निर्देशन दिने बताए । 
 
शान्ति सुरक्षा र भष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको भन्दै उनले अराजक क्रियालाप गर्ने र पदको दुरुपयोग गरेर अकुत सम्पती कमाउनेलाई खोजिखोजी कारवाही गर्ने बताए ।  
 
यसैबीच रत्ननगरमा आयोजना गरिएको नेपाल निर्माण व्यवसायी महासंघको १८ औं साधारण सभा एवम् रजत जयन्ती शुभारन्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपि शर्मा ओलीले विदेशीको लगानीमा धरहरा नबन्ने बताएका छन । मेरो धरहरा म बनाउछु भन्ने संकल्प सबै नेपालीले लिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लगानीमा धरहरा बन्ने बताए । 
 
प्रधानमन्त्री ओलीले पुननिर्माणमा सहयोग गर्न निर्माण व्यवसायीले आग्रह गरे ।  पुननिर्र्माणको काममा ढिलाई भएको स्विकार गर्दै प्रधानमन्त्री ओलीले अब यसले गति लिने बताए । 
 
महासंघका अध्यक्ष शरदकुमार गौचनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, साँसदलगायतको सहभागिता रहेको थियो । साधारण सभाको पुर्वसन्ध्यामा विहान रत्ननगरको टाँडीदेखि निम्पनीसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा हात्तीसहित बाजा एवम् विभिन्न भेषभूषा तथा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।