मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

करणी प्रयास गर्नेलाई पाँच वर्ष कैद

करणी प्रयास गर्नेलाई पाँच वर्ष कैद


चितवन । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका माडी कल्याणपुरका ६० वर्षका चन्द्रबहादुर हमाललाई चितवन जिल्ला अदालतले ५ वर्षको कैद सुनाएको छ । 
 
न्यायधीश टेकनारायण कुँवरको इजलासले उक्त सजायसहित पीडित पक्षलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला पनि गरेको छ । घटना २०६८ साल चैत १९ गतेको हो । घटनापछि आरोपित फरार रहेकाले गत माघ महिनामा पुनः पक्राउ गरी मुद्दा व्यूताइएको थियो । 
 
नाम परिवर्तित कल्याणपुर–६ की ७ वर्षीया बालिकालाई दिउँसोको समयमा घरमा कोही पनि नभएको मौका छोपी आरोपित हमालले जबर्जस्ती करणी प्रयास गरेको अभियोग लागेको चितवन जिल्ला अदालतका सूचना अधिकृत कृष्ण बरालले जानकारी दिए ।