मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैँडाको आक्रमणबाट एकको मृत्यु

गैँडाको आक्रमणबाट एकको मृत्यु


चितवन । पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर नगरपालिका वडा नं ९ निवासी अन्दाजी ५३ वर्षीय मानबहादुर गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 
 
आज बिहान ८ बजे घाँस काट्न सामुदायिक वनमा छिरेका गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, सरकारी वन र सामुदायिक वनभित्र र बाहिर निस्किएर गैँडाले बर्सेनि स्थानीयवासीको ज्यान लिँदै आएको छ । रासस