काठमाडौं, । उपप्रधानमन्त्री कमल थापाले मुलुकमा हिन्दु राष्ट्र कायम नभएसम्म राप्रपा नेपालले आफ्नो उदेश्यबाट हार नखाने बताएका छन् ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले आज बुटवलमा आयोजित हिन्दुत्व जागरण सभालाई सम्बोधन गर्दै हिन्दु राष्ट्रका लागि आफूहरुले सडक र सदन दुवैतिरबाट संघर्ष गर्ने उद्घोष गरेका छन् ।
सो अवसरमा अध्यक्ष थापाले भने मुलुकको भूराजनीतिक अवस्थाका कारण राजासहितको संविधान नै उपयुक्त हुने जिकिर गरे।
अध्यक्ष थापाले बहुसंख्यक नेपाली जनता हिन्दु राज्यको पक्षमा रहँदारहँदै पनि आपसमा एकता नहुँदा संविधानमा हिन्दु राज्य लेख्न असफल भएको प्रसंग जोड्दै मुलुक हिन्दु राष्ट्र भए राजनीतिक स्थिरता कायम हुने बताए ।
प्रतिक्रिया