मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुनर्निर्माण अभियानले गति नलिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

पुनर्निर्माण अभियानले गति नलिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियानले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । पुनर्निर्माण महाअभियान जुन उत्साहअनुसार सुरु भएको थियो, त्यसअनुसार काम नभएको उनको भनाइ थियो ।
पुनर्निर्माण सम्बन्धी गोष्ठीलाई मंगलबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विपत ऐन(कानुन हेरेर आउँदैन । हिजो पनि हुरी आउँदा जनताले दुःख पाए । ऐन(कानुन बन्न ढिलाइ भयो भनेर हुँदैन । तत्काल कामलाई तिव्रता दिनुपर्‍यो ।’
उनले माघ २ गते उदघाटन गरिएको ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अहिलेसम्म कति भयो भनेर प्रश्नसमेत उठाएका छन् । ‘रानीपोखरीको काम अहिलेसम्म खै के(के भयो रु’ ओलीले प्रश्न गरे ।
पुनर्निर्माणको प्रत्येक दिनको कामबारे जनतालाई जानकारी दिन प्राधिकरणका अधिकारीहरुलाई उनले निर्देशन दिए । पुनर्निर्माणमा अनियमितता र भ्रष्टाचार स्वीकार्य नहुने भन्दै उनले सबै काम पारदर्शी बनाउन भने । ‘कति घर बने, कति काम भयो, यति गर्न बाँकी छ भनेर एक(एक दिनको काम जनताले थाहा पाउनुपर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘रेडियो, टिभी, पत्रिका जेबाट हुन्छ त्यहिबाट जानकारी दिनुस् ।’
सोमबार अपरान्ह आएको हावाहुरीले भूकम्प पीडित जनता थप मर्कामा परेको भन्दै उनले दुःख व्यक्त गरे । सरकार जनतालाई राहत दिन क्रियाशील रहेको पनि उनले बताए ।
गोष्ठीमा भूकम्प प्रभावित जिल्लाका स्थानीय विकास अधिकारीहरु, पुनर्निर्माण प्राधिकरणका कर्मचारीलगायत छन् ।