मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अस्ट्रेलियामा जनसम्पर्क समितिको एउटै आवाज ‘फुटेर होइन जुटेर अगाडि बढौं’

अस्ट्रेलियामा जनसम्पर्क समितिको एउटै आवाज ‘फुटेर होइन जुटेर अगाडि बढौं’


सिड्नी ।  नेपाली कांग्रेसको १३ ओ महाधिबेशनवाट नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले बधाइ ज्ञापन गरेको छ ।
जनसम्पर्क समितिका तर्फवाट बधाइ कार्यक्रम आयोजना गर्दै बक्ताहरुल प्रजातन्त्रबादीहरुबीच को एकता अहिलेको आवश्यकता रहेको कुरामा जोड दिएका छन् ।
 
कार्यक्रममा एनआरएन ओसीनिया संयोजक महेन्द्र लम्सालले प्रजातन्त्रवादीबीच देखिएका फुटले अरुलाई फाइदा पुगेको बताए । उनले कांग्रेशमा आस्था राख्ने समूहबीच एकताको खाचाेँ रहेको बताए ।
 
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले आफू अध्यक्ष भएर भिन्न कार्यक्रममा जाँंदा आफ्नै साथीभाइ बाडिएकोमा मन कुडिने गरेको बताए । उनले नव निर्वाचीत नेपाली कांग्रेशका पदाधिकारीलाई बधाइ दिदै निर्वाचन प्रकृया भएकोले हारने र जित्ने सबैलाई एक बनाएर लानुपर्ने कुरामा जोड दिए ।
 
जनसम्पर्क समिति अस्ट्रेलियाका संरक्षक प्रेम सापकोटाले नीति भन्दा नेता ठूलो भएको कारण नेपाली कांग्रेश बिग्रेकोमा चिन्ता प्रकट गरे । नेपाली कांग्रेशमा संस्थागत प्रकृया कमजोर भएका कारण ब्यक्तीहरुले अनावश्यक फाइदा लुटेको उनले बताए ।
 
पार्टीमा नेताका चाकडी गरेर ढोके हुक्के बैठकेहरुले आस्थावानलाई पाखा लगाएका कारण सच्चा कांग्रेशीजन पीडित हुनु परेको उनले सुनाए । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गीरीले सबैलाई अटाउने र समेटने अनि मेरो होइन हाम्रो बनाउने जनसम्पर्क समितिको आवश्यकता रहेको बताए ।
 
कार्यक्रममा नेपाली समुदायका अगुवा तथा आइसीसी सदस्य बालचन्द्र भट्टराइ , भुमा लिम्बु, चितवन समाजका अध्यक्ष बुद्धी डल्लाकोटी , जनसम्पर्क समिती अस्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, एनआरएनका पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ , एनआरएनका सल्लाहकार डिल्ली ढकाल , उपाध्यक्ष मधुकर गुरुङ , महामन्त्री किरण बराल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।