मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुर्मुराउँदै अष्ट्रेलियाको पर्थका नेपालीहरू

जुर्मुराउँदै अष्ट्रेलियाको पर्थका नेपालीहरू


सिड्नी । यतिबेला अष्ट्रेलियाको सिड्नीमा नेपालीको चहलपहल बढ्दो छ । अष्ट्रेलियामा रहेका नेपालीमध्ये अन्य शहरहरूको दाँजोमा संख्यात्मक रूपले पनि सिड्नीमा नेपालीहरूको बसोबास र उपस्थिति बढी नै छ ।
 
त्यसो त बिबिध सामाजिक, सांस्कृतिक वा मनोरन्जनात्मक कार्यक्रमहरू पनि सिड्नीमा नै बढी हुन्छन । यसरी नेपालीहरूको आयोजनामा हुने बिबिध कृयाकलापहरू केन्द्रीकृत हुँदा अष्टेलियाका अन्य शहरहरूमा बसोबास गर्ने नेपालीहरूका कतिपय गतिबिधि र कृयाकलापहरू छायाँमा समेत पर्ने गरेका छन ।
 
अष्ट्रेलियाका अन्य शहरमा बस्ने नेपालीहरूले धेरै उल्लेखनीय र स्वागत योग्य काम गरेता पनि नेपाली समाजमा  चर्चा खासै नहूँदा अन्याय भएको महशुस उनीहरूले गरेका छन ।
 
सञ्चार माध्महरू पनि केन्द्रिकृत भैदिँदा आफूहरू छायाँमा परेको र जोश जाँगरमा कमी त आउने होईन ? भन्ने तर्फ उनिहरूको चित्त दुखाइ छ । अष्टेलियाको सिड्नी, मेलबर्न र डार्बिन पछी नेपालीहरूको बसोबास बढ्न लागेको अर्कों शहर हो पर्थ ।
 
नेपाली कला, भाषा र संस्कृतिका लागि पर्थमा रहने नेपालीहरूले गरेका बिबिध गतिबिधि र कृयाकलाप सांच्चै स्वागत योग्य रहेको गैरआबासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष राज थपलिया बताउँछन् ।
 
बिबिध कार्यक्रमहरू केन्द्रीकृत भइराख्दा अब पर्थमा रहेका नेपालीहरू नयाँ जोश, जांगर र कार्यक्रमका साथ अगाडि आउन लागेको जानकारी उनले दिए । ‘यहाँ अफ्टेरामा परेका नेपालीहरूका लागि नेपाली दूतावाससँगको सहकार्यमा एमआरपी राहदानीको समस्यालाई समाधान गर्ने देखी दुख पाएका नेपालीसम्मको उद्दारमा यहाँका नेपालीहरूको ठूलो भूमिका छ । त्यो भूमिकालाई बिर्सन सकिँदैन ।’
 
गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलिया र नेप्लिज एसोसिएशनको पहल र नेपाली कम्यूनिटीको सहयोगमा शुक्रबारदेखि पर्थका नेपालीले पनि खेलकूद क्षेत्रमा आफ्नो सहभागिता जनाएका छन् ।
 
यो प्रतियोगितामा म्याराथुन, टेबुल टेनिस लगायतका खेलमा भाग लिएका थपलियाले बताए । प्रतियोगितामा अष्टेलिया भरिका नेपालीहरूको सहभागिता रहेको छ ।
 
कोही नयाँ नेपाली आयो भने सम्मानका साथ स्वागत गर्ने गजबको नेपाली संस्कारलाई निरन्तरता दिईरहेका छन पर्थका नेपालीहरूले । जहाँ जसरी रहेता पनि आफूहरू नेपाली पन बाट भाग्न नसक्ने दिपक पराजुलीले बताए।
 
‘त्यसमा पनि बिधार्थी भाई बहिनीहरू त हाम्रो भविष्य हुन । उनीहरूको सहयोगको लागि हामी हरेक काम गर्न तयार छौं’ स्टुडेन्ट हेल्प डेस्कका संयोजक नबिन बिडारी भन्छन ।
 
विधार्थी कल्याणकारी कोषका लागि पर्थमा एप्रिल ९ तारेखका दिन बृहत कार्यक्रम हुने भएको छ भने यो कार्यक्रमको लागि आफूहरू तयार भइसकेको जानकारी कार्यक्रमका संयोजक शेखर घिमिरेले दिए ।
 
यस्तै पर्थका नेपालीहरू बिगत जस्तै आगामी बर्ष सन २०१७ को मार्च एप्रिलमा आयोजना हुन लागेको नेपाल फेस्टिबललाई भब्य रूपमा मनाउन लागी परेकाे एनआरएनए वेष्टन अष्ट्रेलियाका सचिब शैलेस मैनालीले बताए ।
 
यसरी बिस्तारै नेपालीहरूको हक हितका लागि बिभिन्न संघ संस्था मार्फत अगाडि बढीरहेका अष्टेलियाको पर्थमा रहेका नेपालीहरूको एकता, सहकार्य र हातेमालोले भोलिको लागि शुभ संकेत भएको कुरा तर्फ नेप्लिज एसोसिएशन अफ वेष्टन अष्ट्रेलियाका अध्यक्ष आङदावा शेर्पा बताउँछन् ।