मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ब्रसेल्स आक्रमणका ६ संदिग्ध पक्राऊ

ब्रसेल्स आक्रमणका ६ संदिग्ध पक्राऊ


काठमाडौं । बेल्जियमको ब्रसेल्स आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत मंगलबार ब्रसेल्सको जभेन्टम विमानस्थल र मेट्रो स्टेशनमा आत्मघाती आक्रमण हुँदा ३१ जनाको मृत्यु भएको हो ।
 
प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाएको छैन र आक्रमणमा उनीहरुको भूमिकाबारे पनि आधिकारिकरुपमा केही बताइएको छैन । यता फ्रान्समा पनि अधिकारीहरुले आक्रमणको योजनामा संलग्न भएको भन्दै एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
 
ब्रसेल्समा भएको आक्रमणलाई गत वर्ष नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणसँग जोडेर हेरिएको छ । पेरिस आक्रमणकारी नै ब्रसेल्स आक्रमणमा संलग्न भएको अनुसन्धानकर्ताहरुको दाबी छ । पेरिस र ब्रसेल्समा भएका दुबै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिइसकेको छ ।