मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा जोशीको शुक्रबार दाहसंस्कार , श्रेष्ठकाे शब नेपाल पठाइदै

टेक्ससमा जोशीको शुक्रबार दाहसंस्कार , श्रेष्ठकाे शब नेपाल पठाइदै


टेक्सस(अमेरिका) आइतबार निधन भएका नेपाली समाजका अग्रणी सरोज जोशीको नेपाली परम्परा अनुसार शुक्रबार दाहसंस्कार गरिने भएको छ ।
 
शुक्रबार Memorial Park Funeral Home – 8525 Midcities Blvd, North Richland Hills,TX 76182  मा अपरान्ह ३ बजे बाट  श्रद्धान्जलीका लागि जोशीको पार्थिक शरिरलाई राख्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपाली मन्दिरका पण्डित मेघनाथ निरौलाद्वारा विशेष पुजापाठ साथ दाहसंस्कार अघि हिन्दू धर्म अनुसारका कार्यहरु गरिने भएको छ। 
 
स्वर्गीय जोशीका पत्नी, एक छोरा र एक छोरी छन् । टेक्ससमा रहेका नेपालीबीच निकै सकृय जोशीको निधनले समाजले एकजना सकृय व्यक्तित्व गुमाएको छ । उहाँ परिवार सहित विगत २० वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको थियो । सन् २००६ मा फ्लोरिडाबाट टेक्सस सर्नुभएका जोशी व्यबसायमा समेत संलग्न हुनुहुन्थ्यो । यो पनि पद्नु होला 
 
रूसेल श्रेष्ठकाे शब शुक्रबार दिउँसाे नेपाल पठाउने 
शनिबार सवारी दुर्घटनामा निधन भएका नेपाली विद्यार्थी रूसेल श्रेष्ठकाे शब नेपाल पठाउने तयारी पुरा भएकाे छ ।
 
श्रेष्ठकाे शवलाइ  शुक्रबार बिहान १० बजे बजेदेखि १२:००  बजेसम्म  Hughes Family Tribute सेन्टर, 9700 Webb Chapel Road Dallas, Texas 75220 मा  श्रद्धान्जलीको लागि राखिने छ I  त्यसपछि नेपाल पठाइने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयाे ।
 
श्रेष्ठकाे शब नेपाल पठाउन र परिवारकाे सहयाेगार्थ ड्यालसमा नेपाली समाजकाे सकृयतामा  ३३  हजार  ८ सय चौरासी डलर सहयाेग  संकलन भएको कुरा समाजका महासचिब कमल सत्यालले हिमालय खबर संगको कुराकानीमा बताय । 
 
याे रकम शब पठाएर बाँकी रहेकाे मध्यबाट उनका परिवारका सदस्य र  बहिनीको शिक्षादीक्षाका  हस्तान्तरण गरि परिवारको नाममा नेपाली समाज टेक्सासले एक अक्षय कोष खडा गर्ने  समाजका  अध्यक्ष लामिछानेले जानकरी गराउनु भयो  ।
 
शुक्रबार साँझ ६ बजेकाे कतार एअरवेजबाट शव नेपाल पठाइने नेपाली समाजले जनाएकाे छ ।  यो पनि पद्नु होला