मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्ने

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्ने


सोल । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन बिहीबार निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको भन्दै आफ्नो सेनालाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुभएको बताइएको छ । 
 
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बुधबार मात्र जनाएको थियो । यसै क्रममा बिहीबार राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई बढाउन आग्रह गर्नुभएको बताइएको छ ।
 
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि अर्को परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार मात्र पनि यस्तो कुनैपनि परीक्षणका विरुद्धमा आपूmहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले जानकारी दिएको थियो । राष्ट्रपति हाइले बिहीबार सेनाका नाममा देशव्यापी सतर्कताको सूचना जारी गर्नभएको हो ।  
 
दक्षिण कोरियाली सरकारका प्रवक्ता ज्योन जुन हिले सोमबार भन्नुभएको थियो– उत्तर कोरियाले पाँचाँै पटक यस्तो परीक्षण गर्दैछ र हामी त्यसका लागि त्यसको प्रतिकारको तयारीमा छौँ । उहाँले उत्तर कोरियाले गतहप्ता पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको जनाएको हो ।     
 
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले बिहीबारमात्र यस्तो क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिइएको थियो । गतहप्तामात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको छ । अमेरिका र संयुक्त राष्ट्रसंघले यस्तो नाकाबन्दी गरेका हुन् । 
 
गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । दक्षिण कोरियाली राष्ट्रपति हाइले बिहीबार प्रकाशन गर्नुभएको सूचनामा सेनालाई उच्च सतर्कताका साथ कामगर्न भन्नुभएको छ भने सर्वसाधारण नागरिकलाई पनि परिस्थिति सङ्कटकालीन भएकोले सावधानी अपनाउन आह्वान गर्नुभएको छ । 
 
उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने पनि उहाँले सो सूचनामा बताउनुभएको छ । परिस्थिति असहज मात्र हो र यसले हामीलाई केही गर्दै भन्दै तर यस्तो अवस्थामा सतर्कता र सावधानी सबै पक्षबाट अपनाउनुपर्ने उहाँको धारणा छ । 
 
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्कोगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ । रासस/एएफपी