मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निलम्बित सांसद ल्हारक्याल लामा ३० लाख धरौटीमा रिहा

निलम्बित सांसद ल्हारक्याल लामा ३० लाख धरौटीमा रिहा


काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहा भएका छन् ।
 
वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा लामाकोे बयान लिएपछि रु ३० लाख धरौटीमा छाड्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
 
गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।
 
पक्राउ पर्नुभएका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडेलगत्रैन वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो ।
 
पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए । 
 
प्रवक्ता रेग्मीले लामा रिहा भए पनि उहाँका बारेमा परेको उजुरीका सम्बन्धमा छानबिन जारी रहेको जानकारी दिनुभयो । रासस