मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मृतक रुसल श्रेष्ठको परिवारको सहयोगका लागि नेपाली समाज टेक्सासको छलफल

मृतक रुसल श्रेष्ठको परिवारको सहयोगका लागि नेपाली समाज टेक्सासको छलफल


ड्यालस (अमेरिका) मार्च २१, २०१६– शनिबार राति कार दुर्घटनामा परेर निधन भएका नेपाली विद्यार्थी रुसल श्रेष्ठको विषयलाई लिएर नेपाली समाज टेक्ससको आपतकालीन भेला आज सोमबार साँझ ५:०० बजे नेपाली समाजकै कार्यालयमा  बोलाइएको छ । 
 
मृतक श्रेष्ठको शब नेपाल पठाउने या यता अमेरिकामै अन्तेष्टी गर्ने भन्ने विषयलाई लिएर भेला डाकिएको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभएको छ । 'मृतकका परिवारको चाहना शब नेपाल पठाइदिए हुन्थ्यो भन्ने रहेकोले यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफलका लागि भेला बोलाइएको हो' अध्यक्ष लामिछानले भन्नुभयो | भेलामा मृतक श्रेष्ठको आत्माको चीर शान्तिको कामना समेत गरिनेछ | भेलामा सहभागी हुनका लागि समाजका सबैलाई आग्रह गरिएको नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले बताउनु भएको छ | यो पनि पद्नु होला >> 
 
 

शेयर गर्नुहोस:

0
Shares