मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मानव बेचबिखनमा एकसय एघार उजुरी

मानव बेचबिखनमा एकसय एघार उजुरी


काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखामा मानव बेचबिखन तथा ओसारपसार गरेको सम्बन्धमा १११ उजुरी परेको छ । 
 
महाशाखामा दुई महिनाअगाडि सञ्चालनमा आएको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी छुट्टै निकायमा विदेशबाट ७० र नेपालबाट ४१ उजुरी परेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । महाशाखामा परेको १११ उजुरीमा ३५१ पीडित रहेको तथ्याङ्क महाशाखामा छ । 
 
यस्तै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ओमान, कुवेत, साउदी, दुबई, कतार, मलेसिया, रसिया, पोर्चुगललगायत देशबाट उजुरी परेको महाशाखाले जनाएको छ । उजुरी परेकोमध्ये मकाउ, भारत, ओमान, नेपाल, दुबईलगायतका देशबाट १२ महिलासहित ३० जनालाई उद्धार गरेको छ । महाशाखाले पाँचवटा मुद्दा हरेको र आठजनालाई पक्राउ गरेको छ ।
 
यसैगरी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै देशभरका ६७ म्यानपावर कम्पनीविरुद्ध महाशाखामा उजुरी परेको उपरीक्षक मरासिनीले बताउनुभयो । महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सहकुल थापाले विदेशमा कामको सिलसिलामा गएका नेपाली नागरिक मर्कामा पर्ने गरेको भन्दै अपराधीलाई पत्ता लगाई कडा कारबाही गर्ने बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “कामको सिलसिलामा गएकालाई दुःख दिनेलाई कानुनी कारबाहीमा ल्याउछौँ ।” महाशाखाले मानव ओसारपसार गरेको आरोपमा ३२१ जना खोजीसमेत गरिरहेको छ । रासस