मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल अमेरिका एकता समाज द्वारा चलचित्र ” प्रेमगीत” प्रदर्शन गर्ने (भिडियो सहित )

नेपाल अमेरिका एकता समाज द्वारा चलचित्र ” प्रेमगीत” प्रदर्शन गर्ने (भिडियो सहित )


अमेरिका, लसएञ्जलस- नेपाल अमेरिका एकता समाजले तत्कालै दुई कार्यक्रमहरु सार्वजनिक गरेको छ । सस्थाले दिएको जानकारी अनुसार आउदो अप्रिल ६ तारिख बुधवार साँझ ८ बजे बाट विटियर विलेज सिनेमाहलमा नेपाली चलचित्र ” प्रेमगीत” प्रदर्शन गर्ने तथा अप्रिल १३ तारिख साँझ भब्य रुपले नयाँ बर्ष मनाउने तयारी गरेको हुँदा संस्थाले सबै समुदाय सदस्यहरुमा सकृय सहभागीताको लागि हार्दिक अनुरोध गरेको छ ।
 
उक्त नेपाली चलचित्र प्रदर्शनको लागि संस्था कि महासचिब डोल्मा लामाका अनुसार टिकट दर १५ डलर प्रति व्यक्ति र १० वर्ष मुनिका बालबालिका लाई निशुल्क गरिएको छ।
 
यसै गरि आगामी ” नयाँ वर्ष २०७३ ” विशेष सांगीतिक प्रस्तुतिका साथ सम्पन्न गर्न संस्थाले संस्थाका प्रथम उपाध्यक्ष टेक लामाको संयोजकत्वमा  सांस्कृतिक कार्यक्रमको लागि एक समिति निर्माण गरेको छ । 
 
नेपाली नयाँ बर्ष कै दिनमा अप्रिल १३ तारिख ,२०१६ का दिन स्थानीय तारा हिमालयन रेस्टुरेन्टमा बेलुकीको ८ बजेबाट  विशेष सांगीतिक प्रस्तुतियाँ बेलुकीको खाना  सहित कार्यक्रम गर्ने संस्था कि महासचिब लामाले जानकारी दिनु भएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुका नृत्यकार साथै  डिजे समेत प्रस्तुत गरिने छ ।