मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौं एसियाकै प्रदूषित सहर, विश्वमै तेस्रो

काठमाडौं एसियाकै प्रदूषित सहर, विश्वमै तेस्रो


चैत्र ६, २०७२- काठमाडौं एसियाकै सबभन्दा प्रदूषित सहर बनेको छ । सर्बियास्थित अनुसन्धानमूलक वेबसाइट 'नुम्बियोडटकम' 'पछिल्लो प्रदूषण सूचाकांक' अध्ययनले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको छ ।
 
अध्ययनका अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा छ भने खानेपानीमा हुने प्रदूषण पनि उच्च विन्दुमा छ ।
एसियाको प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ । फिलिपिन्सतको मनिला दोस्रो र भारतको नोयडा तेस्रो स्थानमा छ । बेइजिङ १३औं नम्बरमा छ । एसियाको यो सूचीको सबभन्दा पुछार ७४औं नम्बरमा जापानको टोकियो छ ।
 
विश्वकै दूषित सहरको सूचीमा काठमाडौं ९६.६६ अंकसहित तेस्रो स्थानमा परेको हो । विश्वकै सबभन्दा दूषित सहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इविप्टको सिकागो छ । दुवैको अंक ९९ प्लस छ ।
 
काठमाडौंसँगै छिमेकी मुलुक भारतका दुई सहर विश्वकै मुख्य १० प्रदूषित सहरको सूचीमा परेका छन् । भारतको नोयडा विश्वकै छैटौं, राजधानी दिल्ली आठौं र उत्तरी छिमेकी मुलुक चीनको ग्वान्झाओ सातौं प्रदूषित सहरमा सूचीकृत भएका छन् ।
 
विश्वमै प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाउलो १६औं, भारतको मुम्बई १७औं, चीनको बेइजिङ १८औं र पाकिस्तानको कराँची २०औं स्थानमा छन् ।साभार:कान्तिपुर