बिश्व घटना

पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत – छलफल हुँदै

पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत – छलफल हुँदै


जुलाई (२-४) मा लस एञ्जलसमा हुन गईरहेको पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत छलफल भोलि शनिवार  बेलुकी ८:३० बजे नेपाल अमेरिका एकता समाजको कार्यालय मा हुन गईरहेको छ ,उक्त छलफल मा  कन्भेन्सनको  हाल सम्मको तयारी कहाँ सम्म पुगेको छ, अरु तयारी के के गर्नु छ र  कसरी प्रभावकारी बनाउने भन्ने बारे लस एञ्जलस बासी सम्पुर्ण सामाजिक अगुवा,समाज सेबी, ब्यापारी, खेलाडीहरु, स्वयंसेबक सँग सल्लाह सुझाव लिने यस  अन्तरक्रियाको मूल उद्देस्य रहेको छ ।
 
लसएन्जल्सबासी  समुदायमा  करिब ३०००-५००० नेपालीहरुको उपस्थिति हुने अनुमान  गरिएको उक्त सम्मेलनलाई कसरि  भव्यताका साथ सफल बनाउन सकिन्छ भन्ने कुरा को परामर्स तथा धारणा विभिन्न संघ संस्था र व्यक्ति हरु बाट सुझाव  संकलन गरिनेछ ।
 
बिशेष गरि खेलकुद मा न्यूयोर्क, डिसी, टेक्सास, सियेटल, सन् फ्रान्सिस्को को टिम ले एक-दुइ हप्ता भित्र नै टिम दर्ता  गर्ने भएका छन् ,र यस नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिका का पहिलो र आम युवाहरुको सहभागिता रहने भएकोले  यसलाई उदाहरणिय र प्रभाबकारीमुलक बनाउने  जानकारी उक्त सम्मेलनका  मुख्य कार्यक्रम संयोजक  बिश्व सुवेदीले जनाएका छन् ।
 
 साथै बर्षको एक पटक गरिने यस्ता खाले रचनात्मक खेलकुद, संस्कृति तथा यस्ता  क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल,सहकार्यताको भावना  ,सामाजिक सु- सम्बन्ध क़ायम  हुने भएकोले  आवश्यकिय प्राविधिक सहयोग नेपाल सरकारको तर्फबाट पनि संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले गर्न सकिने जानकारी दिनुभएको छ र कार्यक्रमका संयोजक विश्व सुवेदीले प्रवासमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई यो कार्यक्रमको उध्येश्य पुरा गर्न र प्रभावकारिताको लागि हातेमालो गरौं भन्दै यो पहिलो नेप्लिज अमेरिकन कन्भेन्सन को तयारीमा आफु पुर्ण रुपमा जिम्वेवारीपुर्वक लागेको बताएका छन् ।