मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर अस्पताल कर्मचारीद्धारा नवनियुक्त मेसुलाई स्वागत

भरतपुर अस्पताल कर्मचारीद्धारा नवनियुक्त मेसुलाई स्वागत


चितवन । भरतपुर अस्पताल बिकास समिती कर्मचारी युनियनले अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीलाई आज शुक्रवार एक कार्यक्रमका वीच भरतपुर अस्पतालमा स्वागत गरेको छ । 
 
कार्यक्रममा भरतपुर अस्पतालका कर्मचारीहरुले नवनियुक्त मेडिकल सुपरिटेण्डन्ट डा. मरासिनीलाई फूलमाला र खादा ओढाएर स्वागत गरेका थिए । अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीको प्रमुख आतिथ्यता एवं अस्पताल बिकास समिती कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले गरिव जनताले स्वास्थ्य लिने भरतपुर अस्पतालमा क्वान्टिटी बढाउने नाममा सेवाको क्वालिटीमा कुनै पनि हालत सम्झौता नगरिने वताउनुभयो । 
 
उहाँले मानव जातिले मानव जातिकै हितका लागि सर्वोकृष्ट कार्य गर्ने चिकित्सीय पेशा अगाल्नेहरुले सवै बिरामीहरुलाई समान रुपमा हेर्नुपर्ने वताउनुभयो । भरतपुर अस्पतालले धेरै बिरामीहरुलाई सेवा दिएको भएपनि त्यसको उचित प्रचारप्रसार र डकुमेन्टेशन नहुदा त्यसलाई बिकाउन नसकिएको मेसु मरासिनीको कथन थियो । 
 
भरतपुर अस्पताललाई प्रष्तिठान बनाएर अघि बढ्ने, ट्रमा सेन्टर सञ्चालन गर्ने, एनआइसियु सेवा सञ्चालन गर्ने योजनाहरु रहेको मेसु मरासिनीले जानकारी दिनुभयो । भरतपुर अस्पतालसँग आफ्नो कुनै प्रकारको स्वार्थ नभएको भन्दै मेसु डा. मरासिनीले आफ्नो करिअर नै स्वार्थ भएको वताउनुभयो । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष बिजय सुवेदीले अस्पतालको योजनाबद्ध बिकासका लागि नवनियुक्त मेसु लाग्ने बिश्वास ब्यक्त गर्नुभयो । 
 
अध्यक्ष सुवेदीले भन्नुभयो, मैले मेरो सम्पूर्ण जीवन नै समाज परिवर्तन र सामाजिक कार्यका लागि लगाएको छु, अस्पतालको बिकास मात्रै मेरो एक मात्र स्वार्थ हो । उहाँले नवनियुक्त मेसु डा. मरासिनी युवा र क्षमतावान भएको भन्दै उहाँले भरतपुर अस्पताललाई देशका अन्य भागका नमुना अस्पताल जस्तै अस्पतालको रुपमा बिकास गर्न सक्ने अवसर आएको वताउनुभयो । 
 
चिकित्सकहरुका तर्फबाट सो कार्यक्रममा बोल्दै फिजिसियन डा. भोजराज अधिकारीले राज्यले निशूल्क उपलब्ध गराएका सेवाहरु सरकारको अस्पतालमा नहुनु दुखद बिषय भएको भन्दै यस बिषयमा गम्भिर भएर सोच्न नवनियुक्त मेसु मरासिनीलाई अनुरोध गर्नुभयो । डा. अधिकारीले देशमा युवाहरुको समय शुरु भएको भन्दै भरतपुर अस्पतालले पनि युवा मेसु पाएको भन्दै युवाहरुमा बढि लोभलालसा नहुने टिप्पणी गर्नुभयो । 
 
कार्यक्रममा भरतपुर अस्पतलाको निमित्त मेट्रोन मिरा अधिकारी, अस्पताल बिकास समिति कर्मचारी युनियनका सचिव बिष्णु वास्तोला लगायतले बोल्नुभएको थियो । यसैबिच, भरतपुर अस्पतालका अध्यक्ष बिजय सुबेदी र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रुद्र प्रसाद मरासिनीको नेतृत्वमा आज बिहान भरतपुर अस्पतालमा सरसफाई गरिएको थियो । भरतपुर अस्पतालको आकस्मिक कक्ष, अस्पतालको ए ब्लक, बि ब्लक र प्रशासन अगाडी सरसफाई गरिएको थियो ।