मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापति देउवालाई चिनीयाँ राजदूतको बधाई

सभापति देउवालाई चिनीयाँ राजदूतको बधाई


काठमाडौंँ, २८ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले बधाई तथा शुभकामना दिनुभएको छ ।
 
सभापति देउवालाई आज बधाई दिन उहाँकै निजी निवास बुढानिलकण्ठ पुग्नुभएका राजदूत चुन्ताईले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारको तर्फबाट सभापति देउवाको कार्यकालको सफलताको कामना गर्नुभयो ।
 
उहाँले सभापति देउवाको कार्यकालमा चीनसँगको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास पनि व्यक्त गर्नुभएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
 
सो अवसरमा सभापति देउवाले चीन नेपालको असलमित्र भएकाले चीनसँगको मित्रतालाई आफूले सधँै महत्व दिएको स्पष्ट पार्दै आगामी दिनमा अझ राम्रो सम्बन्ध बनाउनका लागि आफूले जोड दिने बताउनुभयो । उहाँले नेपालको विकासमा चीनले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । रासस