मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

केन्द्रीय सदस्यको मत गणना हुँदै प्रकाशमान र प्रदिप अगाडि

केन्द्रीय सदस्यको मत गणना हुँदै प्रकाशमान र प्रदिप अगाडि


काठमाडौँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत खुला तर्फको केन्द्रीय सदस्य पदको मतगणना पार्टी कार्यालय सानेपामा भइरहेको छ । 
 
सभापति, महामन्त्री र कोषाध्यक्षको मत गणना सकिएपछि खुला तर्फको केन्द्रीय सदस्यको मतगणना भएको हो । 
 
कांग्रेसमा खुला तर्फको २५ केन्द्रीय सदस्य पदका लागि  पदका लागि ९० जना उम्मेदवार रहेका छन् । उम्मेदवार धेरै भएको तथा एक ठाउँमा मात्र गणना गरिएकाले धेरै समय लाग्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । 
 
नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना पार्टी कार्यालय सानेपामा भइरहेको छ । दिउँसो भएको मतगणनामा अहिलेसम्म ५० मतको मात्र नतिजा सार्वजनिक भएको छ । जसमध्ये सबैभन्दा धेरै ३६ मत प्रकाशमान सिंह र प्रदीप पौडेलले ल्याएका छन् ।  दोश्रोमा सुजाता कोइराला रहेकी छन् । 
 
मत परिणाम यसप्रकार छ : 
 
प्रकाशमान सिंह : ३६ प्रदीप पौडेल : ३६ 
 
सुजाता कोइराला : ३४ 
 
महेश आचार्य : ३२  डा शेखर कोइराला : ३२ 
 
डा प्रकाशशरण महत : ३१ 
 
विमलेन्द्र निधि : २९ खुमबहादुर खड्का : २९  मिनेन्द्र रिजाल : २९
 
रामशरण महत : २८ डा नारायण खड्का : २८ बालकृष्ण खाँड : २८ 
 
धनराज गुरुङ : २७ 
 
प्रदीप गिरी : २५ गोपालमान श्रेष्ठ : २५ बद्रि पाण्डे : २५ बलबहादुर केसी : २५ चन्द्र भण्डारी : २५ 
 
पूर्णबहादुर खड्का : २४ 
 
डा गोविन्द पोखरेल : २२ एनपी साउद : २२ उदयशम्शेर राणा : २२ जिपछिरिङ लामा : २२ केबी गुरुङ : २२ 
 
महालक्ष्मी उपाध्याय : २१ विश्वप्रकाश शर्मा : २१ शंकर भण्डारी : २१ 
 
धेरै उम्मेदवार भएकाले प्रतिनिधिहरु झुक्किएर २५ भन्दा बढी मत संकेत पनि गरेका छन् । यस्ता मतहरु बदर हुने भएकाले सदर र बदर मतपत्र छुट्ट्याउन र प्रत्येक उम्मेदवारको मत गन्न समय लाग्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए । 
 
उनले खुलातर्फको केन्द्रीय सदस्यको अन्तिम परिणाम आउन भोलि साँझसम्म लाग्ने जानकारी दिए । निर्वाचन समितिले एउटा मतदाताले २५ उम्मेद्वारभन्दा बढीलाई मत संकेत गरेमा बदर हुने निर्णय गरेको छ ।

शेयर गर्नुहोस:

27
Shares