मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

१६ वर्षीय युवतीलाई बलात्कार गरी आगो लगाइयो

१६ वर्षीय युवतीलाई बलात्कार गरी आगो लगाइयो


नयाँ दिल्ली, २६ फागुन । भारतकी एक १६ वर्षीय युवती यौनहिंसाको अर्काे शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् । भारतको मध्यप्रदेशकी १६ वर्षीय युवतीलाई बलात्कार गरी आगोसमेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ । 
 
उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो । गत सोमबार बलात्कृत भएकी उनको शरीरको ९० प्रतिशत अङ्ग जलेको चिकित्सकले बताएका थिए । बताइएअनुसार ती युवतीको बुधबार बिहान मृत्यु भएको हो । 
 
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्, दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ । अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाइ छ । 
 
त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ । तर यथार्थ भने पत्ता लागेको छैन । यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ । 
 
सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो । त्यसमा सम्लग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ । त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठका रुपमा विश्वव्यापी विरोध भएको थियो । त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ । 
 
दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ । रासस/एएफपी