मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेलायती नागरिक जोन निकोलस मृत भेटिए

बेलायती नागरिक जोन निकोलस मृत भेटिए


नेपालगन्ज । सेतु विक चोकस्थित कस्तुरी होटलमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार होटलको कोठा नं १०२ मा ६९ वर्षीय बेलायती नागरिक जोन निकोलस वाट्सन मृत अवस्थामा भेटिएका हुन् ।
 
सोमबार बेलुकी ५ बजे होटलमा आएका पार्सपोर्ट नं ५००६१८१२० का बेलायती नागरिक वाट्सनले होटलमा एक कप कफीमात्र पियको होटल सञ्चालकले जनाएका छन् । 
 
कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका उनको कोठामा सामान छरपस्ट अवस्थामा रहेको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।