मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको संविधानबाट महिला हक सार्थक : राष्ट्रपति भण्डारी

नेपालको संविधानबाट महिला हक सार्थक : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानले महिला हक र सशक्तीकरणलाई अझ सार्थक तुल्याएको बताउनुभएको छ । 
 
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले यो दिवसले महिला सशक्तीकरणको नारालाई व्यवहारमा उतार्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले भन्नुभयो, “महिला सशक्तीकरणको सन्दर्भमा १९९० को दशकपछि महिलासँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजको भावनाअनुरुपको कार्यलाई व्यवहारमा ल्याउन प्रयास रहँदै आएको छ ।”
 
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरेअनुरुप नेपालमा यो आजका दिन यो दिवस मनाइन्छ । समारोहमा राष्ट्रपति भण्डारीका तर्फबाट उक्त शुभकामना सन्देश राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले पढेर सुनाउनुभएको थियो । 
 
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनाली उपस्थित हुनुभयो ।
 
समारोहमा मन्त्रिगण, सांसद, नेपाल सरकारका मुख्य सचिव, सुरक्षा निकायका प्रमुख, महिला सशक्तीकरण आन्दोलनमा विशिष्ट योगदान दिने अधिकारकर्मी एवम् नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, कलाकार, पत्रकार, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी हुनुुहुन्थ्यो ।
 
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले समारोहमा सहभागी हुन राष्ट्रपति भवन पुग्नुभएका महिला समुदायलाई उहाँहरु बसेकै ठाउँमा पुगेर शुभकामना आदानप्रदान गर्नुभएको थियो । रासस