मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मकवानपुर व्यापार मेलामा डाइनोसर हेर्नेको भीड

मकवानपुर व्यापार मेलामा डाइनोसर हेर्नेको भीड


हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा करोडौं वर्ष पहिला पृथ्वीबाट लोप भएको जुरासिक डाइनोसर हेर्न दर्शकहरुको भीड लागेको छ । 
 
मेलामा युर्निभर्सल एमेन्मेन्ट प्रालिले डाइनोसर जस्तै देखिनेगरी ईलेक्ट्रोनिक्स प्रतिमा बनाएको हो । मेलाको तेस्रो दिन शनिबार डाइनोसर राखिएको भन्ने प्रचारप्रसार गरेको सुनेर सिधै डाइनोसर राखिएको स्थानमा टिकट काटेर गएका शारदा उच्च माध्यमिक विद्यालय आमभञ्ज्याङमा कक्षा १० मा अध्ययनरत प्रशान्त पौडेलले अचम्मित हुँदै भने, ‘यस्तो पो हुँदो रहेछ डाइनोसर ।’ 
 
उनले भने, ‘घरभन्दा ठूलो हुन्छ, डाइनोसर भन्ने सुनेका थियौं, देखेका थिएनौं ।’ नेपालमा नै पहिलोपटक प्रदर्शनीमा राखिएको उक्त दृष्य साँच्चै वास्तविक जस्तै बनाइएको छ ।
 
विज्ञान प्रविधिमार्फत सेन्सर प्रयोग गरी निर्माण गरिएको उक्त डाइनोसरको आकृति निर्माण गरिएको छ । इन्जिनियरिङका ५ जना विद्यार्थीहरु मिलेर तयार गरिएको उक्त आकृति निर्माणमा करिब ९० लाख रूपैयाँ खर्च गरेको संयोजक राजु अहमदले जानकारी दिए ।
 
विज्ञानमा अन्तरिक्ष सम्बन्धी ज्ञान, रसायन विज्ञानका काम गर्दै आएका उनीहरुको समूहले पहिलोपटक जिव विज्ञानमा यस्तो प्रकारको आकृति निर्माण गरेका हुन् । इन्जिनियरिङका विद्यार्थीमध्ये संयोजक अहमदले पहिलादेखिनै आफूमा भएको विज्ञान सम्बन्धी उत्सुकतालाई व्यवहारमा उतारेको जानकारी दिए ।
 
सन् २००२ बाट विज्ञान क्षेत्रमा काम सुरू गरेका विद्यार्थीहरुको समूहमा सन्जु अहमद, भरत श्रेष्ठ, साहिल अहमद, नरेश श्रेष्ठ र राजु अहमद रहेका छन् ।
 
जिव विज्ञान बाहेक अन्तरिक्ष यान आकृति, ताराहरुलाई टेलिस्कोपबाट कसरी अध्ययन गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई अध्यापनसमेत गराउँदै आएको विद्यार्थी समूहले जानकारी दिए ।