मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न

काँग्रेसमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न


काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको तेह्रौँ महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्म विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ ।
 
पदाधिकारीमा तीन समूहसहित एक कोषाध्यक्षको उम्मेदवारी परेको छ । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ । पदाधिकारीमध्ये अन्य सबै समूहमा रहेका छन् भने कार्की एक्लैले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 
 
यसैगरी उम्मेदवारी मनोनयन दर्ताका लागि अपराह्न १२ बजेसम्मको समय रहेको थियो । सो उम्मेदवारी मनोनयनका क्रममा खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ । 
 
यस्तै प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । 
 
यस्तै दलिततर्फको तीन सिटमा २१ जना तथा महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेसी पुरुषतर्फ तीन सिटमा १८ र महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् । नामावली प्रकाशन, दाबी विरोध लगायतका कार्यक्रम भइरहेको संयोजक अधिकारीले बताउनुभयो । रासस