मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पौडेलद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

पौडेलद्वारा सभापति पदमा उम्मेदवारी दर्ता


काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले १३औँ महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
 
उहाँले आज बिहान ९ः१८ मा पार्टीका महामन्त्री प्रकाशमान सिंह, नेताहरू सुजाता कोइराला, डा रामशरण महत, डा शशाङ्क कोइराला, डा मीनेन्द्र रिजाललगायतका नेतासहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।
 
उहाँका प्रस्तावकमा पार्टीका महामन्त्री सिंह, नेत्री कोइराला, सञ्जय गौतम, पदमनारायण चौधरी, लालकाजी गुरुङ, रमेश धमला र वीरबहादुर राना रहनुभएको छ भने उहाँको समर्थकमा डा महत, सावित्री चौधरी, नरेन्द्र केरुङ, अम्बरसिंह प्रधान, मानबहादुर नेपाली रहनुभएको छ ।
 
त्यसैगरी, पार्टीको महामन्त्री पदमा डा शशाङ्क कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने पार्टीको कोषाध्यक्ष पदमा सीतादेवी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 
 
आजै नेता अर्जुननर्सिंह केसीले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभयो । कोषाध्यक्ष पदमा नेता कृष्ण कार्कीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
 
नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा खुलातर्फ ७५ जनाले र प्रदेशतर्फ ८० जनाले पनि उम्मेदवारी दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । रासस