मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महामन्त्री सिटौलाद्वारा सभापतिमा उमेदवारी दर्ता

महामन्त्री सिटौलाद्वारा सभापतिमा उमेदवारी दर्ता


काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । 
 
काँग्रेसको जारी १३औँ महाधिवेशनअन्तर्गत नेता सिटौलाले सभापतिसहित सोही समूहबाट केन्द्रीय सदस्य गगन थापाले महामन्त्री पदमा र नेता उमाकान्त चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
 
नेका पार्टी कार्यालय सानेपामा कार्यकर्ताका समूहसहित उहाँहरुले पार्टीको भावी नेतृत्वका लागि आज बिहान उम्मेदवारी दर्ता गराउनुभएको थियो । 
 
नेता सिटौलाका प्रस्तावकमा काँग्रेसका नेताहरु हर्षबहादुर बम, उद्धव थापा, भीमसेनदास प्रधान, अर्जुनकुमार केसी, शिवप्रसाद हुमागाईं, हरिबहादुर कार्की र कृष्णप्रसाद कोइराला रहनुभएको छ । 
यसैगरी समर्थकमा नारायणप्रसाद गौडेल, जनार्दन अर्याल, बालकराम यादव, मुकेश गिरी, सञ्जयकुमार कार्की, चित्रबहादुर मिजार र खेमप्रसाद घिमिरे हुनुहुन्छ । 
 
सभापति पदका लागि आजै पार्टीका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री पदमा डा शशाङ्क कोइराला र कोषाध्यक्ष पदमा सीतादेवी यादवले उम्मेदवारी दर्ता गराउनुभएको थियो । 
 
यसैगरी सभापति पदमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री पदमा अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादवले बिहीबार नै आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । रासस