मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमाले विष खुवाउँदा एक छोरीको मृत्यु, एक गम्भीर

आमाले विष खुवाउँदा एक छोरीको मृत्यु, एक गम्भीर


बर्दिया, २० फागुन । बर्दिया धधवार–८ की २३ वर्षीया सीता चौधरीले आफूले विष सेवन गरी चार वर्षीया जुम्ल्याहा छोरीलाई समेत विष सेवन गराएकी छन् । विष सेवन गराउँदा एक छोरीको मृत्यु भएको छ भने एक छोरी र उनी आफू पनि अशक्त भएकी छन् । 
 
सीता चौधरीले बुधबार आफू र जुम्ल्याहा छोरी गङ्गा चौधरी तथा जमुना चौधरीलाई नाम खुल्न नसकेको विषादी सेवन गराउँदा अशक्त भएकाले उपचारका लागि तीनैजनालाई जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा गङ्गाको मृत्यु भएको हो । 
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । रासस