मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापतिमा पौडेललाई समर्थन गर्दै नेत्री सुजाताको उम्मेदवारी फिर्ता

सभापतिमा पौडेललाई समर्थन गर्दै नेत्री सुजाताको उम्मेदवारी फिर्ता


काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापति पदमा समर्थन गर्दै आफ्नोे उम्मेदवारी फिर्ता लिनुभएको छ । 
 
आज आफ्नै निवास मण्डिखाटारमा कार्यवाहक सभापति पौडेल, नेता डा रामशरण महत, डा शशाङ्क कोइराला, डा शेखर कोइराला लगायतका नेताको उपस्थितिमा नेत्री कोइरालाले सभापतिको उम्मेदवारी दिने धोषणा फिर्ता लिनुभएको हो । उहाँले हिजो आफू सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।  
 
कार्यवाहक सभापति पौडेलले सबैको राय र परामर्शले यो मुलुकका लागि काँग्रेसको परम्परालाई अक्षुण्ण राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पौडेलले पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजानका लागि एकताको खाँचो रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 
 
उहाँले भन्नुभयो, “म २०१७ सालदेखि निरन्तर पार्टीमा समर्पण रहेको व्यक्ति हुँ पार्टीको वरिष्ठ व्यक्ति पनि हुँ मलाई सहयोग गर्नुहोस् पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्छु ।”
 
नेत्री कोइरालाले पार्टीभित्र गिरिजाबाबुप्रति आस्था राख्ने व्यक्तिले अब पार्टी कता जाने हो भन्ने चिन्ता प्रकट गरेकोे र पार्टीका साथीहरु निराश नहुन भनेर आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कारणले पार्टी सङ्कटमा पर्नु हुँदैन त्यसैले मैले आफ्नो उम्मेदवारी फिर्ता लिन्छु ।”
 
कोइरालाले बिपीको मेलमिलाप र गिरिजाबाबुको सहमति सहकार्य एकतालाई अगाडि लैजान आफू कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नुभयो । रासस