मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संविधान कार्यन्वयन चुनौती पूर्ण: सम्पादक शर्मा

संविधान कार्यन्वयन चुनौती पूर्ण: सम्पादक शर्मा


वासिङ्गटन डिसी,  कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले छापा माध्यमका पत्रिकाको लागि चुनौती अहिलेको युग अनुसार अनलाइन पोर्टलहरु नै भएको बताउनु भएको छ । मङ्गलवार नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले डिसीमा आयोजना गरेको छलफल कार्यक्रममा शर्माले यस्तो धारणा राख्नु भएको हो । सामाजिक सञ्जालवाटै न्यूज ब्रेकिङ्ग हुने समय आएको भन्दै यसलाई सामना गरेर छापा सञ्चारमाध्यमलाई नयाँ ढङ्गले अगाडि बढाउनु पर्ने उहाँको धारणा थियो । 
 
शर्माले अमेरिकाको व्यस्त जीवन शैलीमा पनि समुदायको समाचार सम्प्रेषण गर्न क्रियाशील रहेको भन्दै यसलाई अझ व्यवस्थित बनाउन नेजाले पहल गरोस भन्ने शुभेच्छा व्यक्त गर्नु भयो । नेजाले नेपाली पत्रकारिताको क्षेत्रमा पुरयाएको योगदान, आपत् विपतको घडीमा गरेको सहयोग र पुरस्कार प्रदान गर्ने जस्तो रचनात्मक काम गर्दे आएकोमा खुसी लागेको उहाँको भनाई थियो । शर्माले थप्नु भयो– आगामी दिनमा यसलाई अझ विस्तृत वनाउँदै लैजान नेजालाई अनुरोध गर्दछु ।
 
शर्माले देशको मूल कानुन संविधान निर्माण भएकाले अव यसलाई तल्लो ईकाई सम्म पुरयाउन चुनौती पूर्ण भएको धारणा राख्नु भयो । राजनीतिक दलका नेताहरूले सुझवुझका साथ मधेसको भावनालाई सम्बोधन गरेर देशलाई निकास दिनु पर्ने उहाँको सुझाव थियो । 
 
नेजाका अध्यक्ष गौतम दाहालले नेजाको गतिविधिको बारेमा प्रकाश पार्दे नेपालमा समेत पत्रकारिता गरेर व्यावसायिक धर्ममा क्रियाशील पत्रकारहरु नेजामा आवद्ध रहेको बताउनु भयो । दाहालले नेजा अमेरिका र क्यानाडामा रहेका पत्रकारहरुको साझा संस्थाको रूपमा त्रियाशील रहेको भन्दै शर्मालाई संस्थाको तर्फबाट स्वागत गर्नु भएको थियो । 
 
नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेलले नेजाले अमेरिकामा क्रियाशील सञ्चारकर्मीहरुलाई समेटदै उच्चतम मूल्यमान्यतामा समाचार सम्प्रेषण गर्न प्रेरित गर्दै आएको बताउनु भयो ।  कार्यक्रममा नेजाका क्षेत्रीय संयोजक विश्वराज थापा,कार्यकारी सदस्य मधुकर अधिकारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।  यसैगरी जन सम्पर्क समिति अमेरिकाका उपसभापति केशव बराल, अधिकारकर्मी डिवी सागर लगायतले अन्र्तक्रियामा भाग लिनु भएको थियो । यसैगरी गुणराज लुईटेल, प्रदीप कार्की, लिला देवी ओझा, श्रीकृष्ण भण्डारी, केशर कार्की, अंकुश नेपाल,खिम घले लगायतले छलफलमा भाग लिनु भएको थियो ।