मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापतिमा देउवाले पनि घोषणा गरे उम्मेदवारी, केसी महामन्त्रीको उम्मेदवार

सभापतिमा देउवाले पनि घोषणा गरे उम्मेदवारी, केसी महामन्त्रीको उम्मेदवार


काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टी कार्यलय सानेपामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । देउवाको प्रस्तावक केवी गुरुङ रहनुभएको छ भने खुमबहादुुर खड्काले समर्थन गर्नुभएको छ ।देउवाको टिममा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादव छन् ।  
 
यसअघि सभापतिका लागि आआफ्नो प्यानलसहित रामचन्द पौडेल र कृष्प्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका थिए । सभापतिका लागि सुजाता कोइरालाले पनि उम्मेदवारी घोषणा गरेकी थिइन् । तर आज बिहान रामचन्द्र पौडेलसंग सहमति गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेक थिइन ।