मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापतिका लागि सुजाता कोइरालाको उम्मेदवारी घोषणा

सभापतिका लागि सुजाता कोइरालाको उम्मेदवारी घोषणा


काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
 
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसलाई समाप्त पार्न अहिले पार्टीभित्र र बाहिरबाट विभिन्न व्यक्ति र शक्ति क्रियाशील छन् भन्दै पार्टी बचाउन आफूले उम्मेदवारी दिन लागेको प्रस्ट पार्नुभयो ।
 
नेत्री कोइरालाले आफूले देशभर भ्रमण गर्दा अधिकांश कार्यकर्ता तथा महिला समुदायले नेतृत्व लिन आफूलाई दबाब दिएको उल्लेख गर्दै मुलुकको विकासका लागि महिला र युवा समुदायलाई सशक्त रुपमा राज्यको मूलधारमा ल्याउन आफूसँग योजना रहेको जानकारी दिनुभयो ।
 
पार्टी विदेश विभाग प्रमुख कोइरालाले आफूले अन्तर्राष्ट्रिय तहमा पार्टीलाई विस्तार एवम् प्रवद्र्धन गरेको बताउँदै आफ्नो अनुभवले पार्टीलाई नयाँ दृष्टिकोण दिएर मुलुकलाई विकास तथा समृद्धिमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।
 
उहाँले नेपालको राजनीतिक विकास क्रममा कोइराला परिवारले गरेको योगदानलाई सही अर्थमा बुझ्न र आफ्नो उम्मेदवारीलाई कोइराला परिवारको उत्तराधिकारीका रुपमा लिन आग्रह गर्नुभयो । रासस