गोरखा, १५ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेर मतदातालाई धोका दिएको बताउनुभएको छ । 
	गोरखा क्षेत्र नं १ का मतदातालाई एक पटक पनि नसोधी डा भट्टराईले पार्टी छाडेको बताउँदै उहाँले भन्नुभयो, “चुनाव जिताएर पठाएका जनतालाई नसोधी पार्टी उहाँले छाड्नुभयो, मतदातामाथि कुठाराघात भयो ।”
	पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममाः गोरखामा रहनुभएका दाहालले आज आयोजित पत्रकार सम्मेलनमा माओवादी भएकै कारणले मात्रै भट्टराईले चुनाव जितेको दाबी गर्नुभयो । पार्टी र कार्यकर्ता परिवर्तन र न्यायको पक्षमा रहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “डा भट्टराईले पार्टी परित्याग गर्दैमा विचलित हुनुपर्ने अवस्था छैन ।”
	उहाँले नेपाली काँग्रेसको महाधिवेशनपछि संयुक्त सरकार गठन गर्न सकिने सङ्केत गर्नुभयो । रासस

 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया