मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

प्रधानमन्त्री ओलीसँग दुई भारतीय मन्त्रीको भेट

प्रधानमन्त्री ओलीसँग दुई भारतीय मन्त्रीको भेट


नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज राष्ट्रपति भवनमा भारतीय ऊर्जा राज्यमन्त्री पियुष गोयल र आयुष राज्यमन्त्री श्रीपद् येस्सो नायकले अगल–अलग भेटवार्ता गर्नुभयो । 
 
उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले भारत सरकारले दिएको सम्मान र सत्कारका लागि धन्यवाद दिँदै नेपालको ऊर्जा विकासमा सहकार्यका सम्भावना खोज्न आग्रह गर्नुभएको थियो । 
 
ती भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमला थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा भारतका लागि नेपाली राजदूत रञ्जित राय, भारतीय ऊर्जा सचिवलगायत सहभागी हुनुहुन्थ्यो । रासस