मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको मिचिघनमा बन्दुकधारीले गरेको श्रृंखलाबद्ध आक्रमण(भिडियो सहित )

अमेरिकाको मिचिघनमा बन्दुकधारीले गरेको श्रृंखलाबद्ध आक्रमण(भिडियो सहित )


मिचिगन, ९ फागुन – अमेरिकाको मिचिघन स्थित कालामाजुमा बन्दुकधारीले गरेको श्रृंखलाबद्ध आक्रमणमा ७ जनाको मृत्यु भएको छ। 
 
एक बन्दुकधारीले आफ्नो मेसिनगनबाट जथाभावि फायर गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। शनिबार साँझ कालामाजु सहरका भिन्नाभिन्नै तीनस्थानमा गोली चलेको थियो।
 
घटनामा अन्य दुईजना घाइते भएका छन्। एकजनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन्।
 
प्रहरीले एक ४५ बर्षिय अधवैंशे पुरुषलाई नियन्त्रणमा लिँदै अब गोली चल्ने त्रास नरहेको स्पष्ट गरेको छ। यद्यपी,घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको कालामाजुका अधिकारीहरुले बताएका छन्। -एजेन्सीको सहयोगमा