मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्ससमा कोईरालाको १३औं दिनको श्रदान्जली सभामा सम्पन्न (फोटो फिचर)

अमेरिकाको टेक्ससमा कोईरालाको १३औं दिनको श्रदान्जली सभामा सम्पन्न (फोटो फिचर)


हिमालय खबर संबाददाता-
टेक्सस(अमेरिका) फेब्रुअरी २१ I नेपाली काँग्रेसका सभापति एवम् भू.पु. प्रधानमन्त्री स्व.सुशिल कोईरालाको २०७२ माघ २६ मा भएको असामयीक निधनको आज १३औं दिनको पुण्यतिथीमा नेपाली जनसम्पर्क समिति ड्यालास फोर्थवोर्थ  र वेष्ट टेक्सस च्याप्टरको संयुक्त आयोजनामा संचालित श्रदान्जली सभामा नेपाली मंदीरका पंडित कृष्ण भट्टराईबाट स्वस्ति शान्ती बाचन गरि कार्यक्रममा सुरुआत गरिएको  थियो I बिभिन्न संघ-संगठनमा पदाधिकारीहरुले स्व. कोईरालाको फोटोमा पुष्पगुच्छा अर्पण गर्दै एक मिनेट मौनधारण गरी दिवङ्गत आत्माको चिरशान्तीका लागि कामना गर्नु भएको थियो । 
१९९६/०४/२८ – २०७२/०८/२६ 
श्रध्दान्जली समारोहमा उपस्थित बक्ताहरुमध्ये शशि भट्टराई, प्रमेश श्रेष्ठ, वाशु शर्मा, शैलेश आचार्य, सीता कोईराला, रमेश पोख्रेल, बादल भुजेल, पुष्पलता भण्डारी, भीम कार्की एवम भगवान मैनालीले नेपालको सम्बिधान निर्माणमा स्व. कोईरालाको देन बारे चर्चा गरेका थिए भने वाशु भण्डारी, धनन्जय ढकाल , दिनेश शर्मा एवम् भोज बलायरले कबिताबाट स्व. कोईरालामा भावपूर्ण श्रदासुमन चढाएका थिए । उक्त समारोमा नेजस अमेरिकाका सल्लाहकार अमृत सापकोटा लगाएत विभिन्न संघ सस्थाका पधादिकारीहरु उपस्थिती थियो I
 
समारोहमा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले नेपालको प्रजातान्त्रिक ईतिहाँसको कालखण्डमा सुवर्ण शमशेर, कृष्ण प्र. भट्टराई र सुशिल कोईरालाको नेतृत्वमा नेपालले नयाँ सम्विधान पाएको चर्चा गर्दै स्व.कोइरालाको देन स्मरण गरेका थिए । उक्त समारोहमा ने. ज. स. अमेरीकाका सल्लाहकार अर्जुन बन्जाडेले उनीमाथि लाग्ने गरेका कोटरी र गुटबन्दीको राजनिती जस्ता लाल्छनाहरुलाई ईतिहासले नै प्रष्ट्याउनेछ भन्दै उनले पार्टी र संविधान निर्माणमा पुरयाएको योगदानको चर्चा गर्नु भयो । ने.ज.स. ड्यालस फोर्थवोर्थका  सभापति ज्ञानेन्द्र राज कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न  भएको थियो ।