मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाबाट कांग्रेस महाधिवेशनमा सात प्रतिनिधिको नाम छान्यो

अमेरिकाबाट कांग्रेस महाधिवेशनमा सात प्रतिनिधिको नाम छान्यो


 हिमालय खबर संबाददाता-
न्यूयोर्क,अमेरिका,फेब्रुअरी २१ I नेपाली जनसम्पर्क समिति अमेरिकाले आज सात जना  महाधिवेशन प्रतिनिधि  नाम सार्वजनिक गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिले ७ जना महाधिवेशन प्रतिनिधि चयन गर्न पाउंछ ।
 
महाधिवेशन प्रतिनिधि छनौट हुनेमा  गोरख (आनन्द) विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलामा माया कडायतलाई चयन गरिएको छ । विष्ट, योञ्जन, भट्ट देउवा पक्षधर भनेर चिनिएका हुन् । यसैगरी तीन जना महासमिति सदस्यमा सभापति विष्टसहित पूर्व संयोजक एवं समितिका केन्द्रीय सदस्य सुवेदी र संगठन विभाग प्रमूख केन्द्रीय सदस्य वेदप्रसाद खरेल चयन भएका छन् |
 
जनसम्पर्क सिमिति भित्रै विधान अनुसार महाधिवेशन प्रतिनिधि छनौट नगरिएको विवाद पनि उठेको छ । समितिकै  उपाध्यक्ष लगायत पदाधिकारीले अपारदर्शीरुपमा कांग्रेस पार्टीको नियम विपरित महाधिवेशन प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन् ।