मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचारलाई भारतीय पत्रपत्रिकामा प्राथमिकता

प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचारलाई भारतीय पत्रपत्रिकामा प्राथमिकता


नयाँदिल्ली, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण र उहाँका समकक्षी नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ताको समाचारलाई भारतका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । ती सञ्चारमाध्यमले ओलीको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको सन्देशसहित समाचार प्रवाह गरेका छन् । 
 
यहाँका ठूला दैनिक पत्रिकामा आइतबारको फुर्सदिलो विशेष पृष्ठ प्रकाशन हुने गरे पनि प्रधानमन्त्री ओलीका भेटवार्ताका तस्बिर र समाचारले स्थान पाएका छन् । अधिकांश ठूला पत्रिकामा प्रथम पृष्ठमा भ्रमणको भेटवार्तासम्बन्धी तस्बिरसहित समाचार प्रकाशित भएको छ । 
 
नवभारत टाइम्स दैनिकले ‘भारत और नेपाल के बीच अब आल इज वेल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । यस्तै टाइम्स अफ इन्डियाले ‘अपराइजिङ इन नेपाल टाइज अफ्टर पिएम ओलिज भिजिट’ शीर्षकमा समाचार दिएको छ । इन्डियन एक्सप्रेसले ‘नेपाल पिएम मिट्स मोदी’, सेज मिसअन्डरस्ट्यान्डिङ ओभर शीर्षक दिई समाचार राखेको छ । द एसियन एज पत्रिकाले दुई प्रधानमन्त्री ओली र मोदीले हात मिलाएको एएफपीको तस्बिर प्रकाशित र थप समाचारलाई स्थान दिएकोे छ ।
 
ती समाचारमा मोदीले नेपालको नयाँ संविधानलाई उपलब्धि मानेको, मधेसको बाँकी राजनीतिक समस्याको समाधान संवाद र सहमति मिलाउन आग्रह गरेको, सातबुँदे समझदारी भएको बारे उल्लेख गरिएको छ । नेपालको अर्काे छिमेकी चीनसँग सम्बन्धबारेमा दुई प्रधानमन्त्रीसँग कुरा भएको थियो थिएन भन्ने बारेमा पनि ती सञ्चारमाध्यमले चासो दिएका छन् । यस्तै दिल्ली स्पेसल द गार्जिएन, द हिन्दूलगायतका पत्रिकाले पनि सो समाचारलाई प्राथमिकता दिएका छन् । 
 
हैदरावादमा भएको दुई देशको उच्चस्तरीय वार्ता र समझदारी आदानप्रदान तथा दुई प्रधानमन्त्रीको प्रेस वक्तत्वको समाचार सङ्कलनका लागि भारतीय र यहाँस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो । 
 
प्रधानमन्त्री ओलीको भ्रमणको समाचार सङ्कलनका लागि नेपालबाट पनि विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि आएका छन् । रासस