मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालिका मन्दिरमा जारी महायज्ञमा चालीस लाख सङ्कलन

कालिका मन्दिरमा जारी महायज्ञमा चालीस लाख सङ्कलन


चितवन, ९ फागुन । मन्दिरको विकास गरी पर्यटकीय क्षेत्र बनाउन चितवनको शक्तिखोरमा लगाइएको धान्याचल महायज्ञमा रु ४० लाखभन्दा बढी रकम सङ्कलन भएको छ । 
 
कालिका नगरपालिका–४ मा रहेको कालिका भगवती माई मन्दिरमा जारी श्रीमद् भागवत धनधान्याचल महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।
 
महायज्ञको आठौँ दिनसम्म रु ४० लाखभन्दा बढी रकम सङ्कलन भएको महायज्ञको दाता पहिचान समितिका संयोजक उत्तम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५०० मुरी धानसमेत सङ्कलन भएको छ ।
 
महायज्ञमा सबैभन्दा बढी कालिका–५ की नन्दकुमारी अधिकारीबाट रु एक लाख ७५ हजार सहयोग प्राप्त भएको छ । 
 
त्यस्तै स्व गोविन्द पुरीको स्मृतिबाट रु एक लाख ६२ हजार तथा स्व अमृता पाण्डेको स्मृतिमा खैरहनी–८ मा रहेको कालिका मोटरसाइकल पार्टसबाट रु एक लाख ६१ हजार सहयोग प्राप्त भएको छ । 
 
मन्दिरको भौतिक संरचना निर्माणलगायतका उद्देश्य राखेर सञ्चालित महायज्ञमा पण्डित रामकृष्ण उपाध्यायले कथा वाचन गरिरहनुभएको छ । 
 
कालिका क्षेत्र चितवनको पर्यटकीय क्षेत्रमध्येमा पर्दछ । यहाँ भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि पर्यटक आउने गरेका छन् । मुख्य गरी हिन्दू समुदायको विभिन्न पर्वमा विशेष मेला लाग्ने गर्दछ । रासस