मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतसँगको सम्बन्धमा सुधार भयो : प्रधानमन्त्री ओली

भारतसँगको सम्बन्धमा सुधार भयो : प्रधानमन्त्री ओली


नयाँदिल्ली, ९ फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरूप दुई देशबीचको सम्बन्ध सुधार भएको बताउनुभएकोे छ । 
 
प्रधानमन्त्री ओलीले भ्रमण दलका सदस्यहरूसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गर्नुभयो । 
 
प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । 
 
प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको दाबी गर्नु भयो । 
 
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण दुई देशको राजनीतिक सम्बन्ध र आर्थिक विकासका सन्दर्भमा उपलब्धिमूलक रहेको बताउनुभएको थियो । 
 
छदिने भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भएको आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता, दुई पक्षीय छलफल, केही सम्झौतामा हस्ताक्षर, भारतका राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्चपदस्थसँगको भेटबाट आपसी सम्बन्ध सुदृढ भएको मानिएको छ । दुई देशबीचको उच्चस्तरीय वार्तापछि नेपालको भूकम्पपछि पुनःनिर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयमा सम्झौता हुनुका साथै मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन उद्घाटन भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भारतीय समकक्षी नरेन्द्र मोदी र दुई पक्षीय वार्ताबाट प्रधानमन्त्री ओली सन्तुष्ट देखिनुभएको बताउनुभयो ।
 
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधारमा सघाउ पुगेको धारणा राख्नुभयो । 
 
प्रधानमन्त्री उत्तराखण्ड जाँदै
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आज विश्वकै लामोमध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेह्री जलविद्युत् बाँधको अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाटमा व्यस्त रहनुहुनेछ । उहाँले आज यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्नुहुने कार्यक्रम छ । रासस