मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा व्यावसायिक माछापालन फस्टाउँदै

चितवनमा व्यावसायिक माछापालन फस्टाउँदै


चितवन, ९ फागुन । पोल्ट्री र दूध उत्पादनमा अग्रणी जिल्ला चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको हो । बर्सेनि परम्परागत खेती छोडेर माछापालन गर्ने कृषक र जलाशय थपिँदै गएका छन् ।
 
        जिल्ला कृषि विकास कार्यालय, चितवनले दिएको जानकारीअनुसार हाल ८०० हेक्टर क्षेत्रफलमा ५०४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । जसमा एक हजार १७२ कृषक प्रत्यक्ष रूपमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी सङ्ख्या दुई हजार ७३ वटा रहेका छन् । जिल्लाको वार्षिक माछाको उत्पादन दुई हजार मेट्रिक टनभन्दा बढी छ । गत वर्ष एक हजार ९२५ दशमलव २८ मेट्रिक टन माछा उत्पादन भएको यादवले बताउनुभयो ।
 
        मत्स्य व्यवसायी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा बढी माछा पालिएको जनाएको छ । सङ्घका अध्यक्ष जोगेन्द्र चौधरीले आठ हजार हेक्टर जलाशय रहेको र वार्षिक उत्पादन तीन हजार ६०० मेट्रिक टन रहेको बताउनुभयो । सरकारले वार्षिक रूपमा तथ्याङ्क लिँदै जाने हुँदा यस वर्ष थपिएको तथ्याङ्क अद्यावधिक हुन नसक्दा कम देखिएको उहाँको भनाइ छ ।
 
        सरकारी अनुदानका कारण पनि माछापालन व्यवसायतर्फ आकर्षण बढ्दो रहेको छ । गत आवमा मात्रै ४६ दशमलव २५ हेक्टर जलाशय सरकारी अनुदानमा थपिएको यादवले बताउनुभयो । जसका लागि सरकारले प्रतिहेक्टर रु एक लाख अनुदान दिएको थियो । अभियानमुखी मत्स्य उत्पादन कार्यक्रममार्फत ८० हेक्टरमा माछापालनका लागि अनुदान दिने कार्यक्रम भए पनि भूकम्पका कारण पोखरी खन्न नसकेपछि ४६ दशमलव २५ हेक्टर मात्र थपिएको हो । राम्रो आम्दानी हुने भएपछि कृषक माछापालन गर्न उत्साहित भए पनि वैशाख १२ को भूकम्पसँगै एक्साभेटर, जेसिबीजस्ता उपकरणको अभावमा पोखरी खन्न नसक्दा अनुदान रकम फ्रिज भएको उहाँले बताउनुभयो ।
 
        गत वर्ष सरकारी अनुदान नलिएरै १० हेक्टर अरू थप जलाशय थपिएको थियो । यसवर्ष सरकारले प्रतिहेक्टर रु तीन लाख अनुदान दिने भएको छ । जसका लागि १९४ जना कृषकले आवेदन दिएको र सोको छनोटका लागि विभागमा पठाइएको यादवले बताउनुभयो ।
 
        जिल्लामा सात जातका माछा पालिँदै आएको छ । जसमा रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्राम पार्क, कमनकार्प, भाकुर जातका माछा रहेका छन् । जिल्लामा प्रतिहेक्टर ३ दशमलव ८२ मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । जिल्लाको माडी, पूर्वी चितवनको कुमरोज, कयर, बछौली, लालपर्सा, पश्चिम चितवनको दिव्यनगर, गुञ्जानगर, शङ्करचोक, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा माछापालन गरिँदै आएको छ ।
 
        माग बढ्दो भए पनि माछापालन गर्ने किसानले विभिन्न समस्याका कारण सोचेजस्तो अघि बढ्न नसकेको जनाएका छन् । प्राविधिक कठिनाइसँगै भारतीय माछाको निर्वाध आयात एकातर्फ समस्या छ भने अर्काेतर्फ उद्योगसरह विद्युत् महसुल तिर्नुपर्ने, कृत्रिम रूपमा पानीको जोहो गर्नुपर्ने, रोगव्याधीका समस्याहरू देखिइरहने माछापालक कृषक वासु सापकोटाले बताउनुभयो । यद्यपि खाद्यान्न बाली हुने खेत मासेर माछा पाल्ने कृषकको सङ्ख्या भने दिनानुदिन बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । राससचितवनको माडीमा माछापालन फस्टाउँदै
 
       चितवन, ९ फागुन । पोल्ट्री र दूध उत्पादनमा अग्रणी जिल्ला चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको हो । बर्सेनि परम्परागत खेती छोडेर माछापालन गर्ने कृषक र जलाशय थपिँदै गएका छन् ।
 
        जिल्ला कृषि विकास कार्यालय, चितवनले दिएको जानकारीअनुसार हाल ८०० हेक्टर क्षेत्रफलमा ५०४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । जसमा एक हजार १७२ कृषक प्रत्यक्ष रूपमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी सङ्ख्या दुई हजार ७३ वटा रहेका छन् । जिल्लाको वार्षिक माछाको उत्पादन दुई हजार मेट्रिक टनभन्दा बढी छ । गत वर्ष एक हजार ९२५ दशमलव २८ मेट्रिक टन माछा उत्पादन भएको यादवले बताउनुभयो ।
 
        मत्स्य व्यवसायी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा बढी माछा पालिएको जनाएको छ । सङ्घका अध्यक्ष जोगेन्द्र चौधरीले आठ हजार हेक्टर जलाशय रहेको र वार्षिक उत्पादन तीन हजार ६०० मेट्रिक टन रहेको बताउनुभयो । सरकारले वार्षिक रूपमा तथ्याङ्क लिँदै जाने हुँदा यस वर्ष थपिएको तथ्याङ्क अद्यावधिक हुन नसक्दा कम देखिएको उहाँको भनाइ छ ।
 
        सरकारी अनुदानका कारण पनि माछापालन व्यवसायतर्फ आकर्षण बढ्दो रहेको छ । गत आवमा मात्रै ४६ दशमलव २५ हेक्टर जलाशय सरकारी अनुदानमा थपिएको यादवले बताउनुभयो । जसका लागि सरकारले प्रतिहेक्टर रु एक लाख अनुदान दिएको थियो । अभियानमुखी मत्स्य उत्पादन कार्यक्रममार्फत ८० हेक्टरमा माछापालनका लागि अनुदान दिने कार्यक्रम भए पनि भूकम्पका कारण पोखरी खन्न नसकेपछि ४६ दशमलव २५ हेक्टर मात्र थपिएको हो । राम्रो आम्दानी हुने भएपछि कृषक माछापालन गर्न उत्साहित भए पनि वैशाख १२ को भूकम्पसँगै एक्साभेटर, जेसिबीजस्ता उपकरणको अभावमा पोखरी खन्न नसक्दा अनुदान रकम फ्रिज भएको उहाँले बताउनुभयो ।
 
        गत वर्ष सरकारी अनुदान नलिएरै १० हेक्टर अरू थप जलाशय थपिएको थियो । यसवर्ष सरकारले प्रतिहेक्टर रु तीन लाख अनुदान दिने भएको छ । जसका लागि १९४ जना कृषकले आवेदन दिएको र सोको छनोटका लागि विभागमा पठाइएको यादवले बताउनुभयो ।
 
        जिल्लामा सात जातका माछा पालिँदै आएको छ । जसमा रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्राम पार्क, कमनकार्प, भाकुर जातका माछा रहेका छन् । जिल्लामा प्रतिहेक्टर ३ दशमलव ८२ मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । जिल्लाको माडी, पूर्वी चितवनको कुमरोज, कयर, बछौली, लालपर्सा, पश्चिम चितवनको दिव्यनगर, गुञ्जानगर, शङ्करचोक, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा माछापालन गरिँदै आएको छ ।
 
       माग बढ्दो भए पनि माछापालन गर्ने किसानले विभिन्न समस्याका कारण सोचेजस्तो अघि बढ्न नसकेको जनाएका छन् । प्राविधिक कठिनाइसँगै भारतीय माछाको निर्वाध आयात एकातर्फ समस्या छ भने अर्काेतर्फ उद्योगसरह विद्युत् महसुल तिर्नुपर्ने, कृत्रिम रूपमा पानीको जोहो गर्नुपर्ने, रोगव्याधीका समस्याहरू देखिइरहने माछापालक कृषक वासु सापकोटाले बताउनुभयो । यद्यपि खाद्यान्न बाली हुने खेत मासेर माछा पाल्ने कृषकको सङ्ख्या भने दिनानुदिन बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । रासस