मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला

मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला


नवलपरासी, ९ फागुन । मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको मदारबाबा मेला नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने भएको छ । 
 
मदारबाबाको मुख्यस्थल कुडिया रूपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र दुम्कीबास डाँडाँमा रहिआएको छ ।
 
मदारबाबास्थल क्षेत्रमा मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनुभयो । 
 
अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वास रहेको छ । 
 
पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि मात्र पुगिने मेलामा जान पहाडी सडक हुँदा निकै कठिन परिश्रमबाट मात्र मदारबाबा पुग्न सकिन्छ । 
 
मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ । 
 
मेलामा मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दू, बुद्धिष्ट, क्रिश्चियनलगायतका विभिन्न समुदायका तीर्थालु आउने अपेक्षा गरिएको छ । 
 
मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडित व्यक्तिहरू निको हुने आस्था र विश्वास रहेको छ । रासस