मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसमा सक्षम नेतृत्व जरुरी : पूर्वमहामन्त्री गुरूङ

कांग्रेसमा सक्षम नेतृत्व जरुरी : पूर्वमहामन्त्री गुरूङ


चितवन, ९ फागुन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरूङले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गरेर पार्टीलाई एकीकृत गर्नका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । 
 
कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गुरूङले कांग्रेसजनका लागि सक्षम कांग्रेस बनाउने समय आएको बताए । 
 
अहिले कांग्रेसमा वास्तविक नेतृत्व नरहेको भन्दै उनले कांग्रेस अहिले मियो बिनाको दाइँ भएको भन्दै कम्युनिष्टको पुच्छर बन्ने नेतृत्व अबको महाधिवेशनमा आवश्यक नरहेको बताए । 
 
यस्तै कार्यकर्ता भेटघाटमा अर्का नेता गोविन्दराज जोशीले कांग्रेस अहिले बेथिlतमा चलेकोले पार्टीभित्र दूरदर्शी नेतृत्वको आवश्यक रहेको बताए । कार्यक्रमको अध्यक्षता गरेका कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कांग्रेसले विचलनको बाटोलाई छाडेर एक हुन आवश्यक रहेको बताएका थिए । 
 
यसैगरी कांग्रेसका अर्का नेता ljनोbध्वज चन्दले कांग्रेसको अधिवेशनले जोश र होसलाई समन्वय गरेर पार्टीलाई अगाडि लैजाने नेतृत्व आवश्यक रहेको बताए । 
 
त्यसैगरी सांसद विष्णुमाया परियारले शारदानगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आफूले नेपाली कांग्रेसको आगामी महाधिवेसनमा पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छन् । 
 
‘कोइरालाको चाहनालाई निरन्तरता’ व्यावस्थापिका संसदका सदस्य रामकृष्ण घिमिरेले कांग्रेस सभापति सुशील कोइरालाको इच्छा र चाहनाअनुसार चितवनमा विकास निर्माणका कामलाई निरन्तरता दिने बताएका छन् । 
 
चितवन क्षेत्र नम्बर ४ सभापति कोइरालाको निर्वाचन क्षेत्र पनि भएकाले उनले परिकल्पना गरे अनुसारको विकास योजना बनाउन आफूले महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो । नेपाली कांग्रेस भरतपुर उपमहानगरपालिका–२७ ले आयोजना गरेको शोक सभामा घिमिरेले संविधान जारी गर्न सफल रहेका सभापतिको आदर्शअनुसार कांग्रेस चल्नुपर्ने बताए । 
 
बुथ सभापति युवराज क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकर कँडेल, महाधिवेशन प्रतिनिधि साजन महत्व, कांग्रेस नेता प्रेम पाठकलगायतले बोलेका थिए ।