काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीले छुट्टाछुट्टै रुपमा सम्बोधन गरेका छन् । ओलीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको असमझदारी हटाउन आफ्नो भ्रमण महत्वपूर्ण भएको धारणा राखे ।
त्यस्तै मोदीले नेपालको नयाँ संविधान महत्वपूर्ण उपलब्धि भएको बताउँदै सबै पक्षलाई समेटर प्रगति गर्न सुझाव दिएका छन् । ओलीले नेपालको जलविद्युत् नेपालका लागिमात्रै नभएर भारतको उर्जा संकट समाधान गर्नसक्ने भन्दै मोदीले त्यसका लागि मिलेर काम भैरहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया