मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्को विवादबीच कांग्रेस महाधिवेशनमा अमेरिकाबाट सात जना

चर्को विवादबीच कांग्रेस महाधिवेशनमा अमेरिकाबाट सात जना


हिमालयखवर संवाददाता-
अमेरिका- नेपाली जनसम्पर्क समिति अमेरिका भित्र महाधिवेशन प्रतिनिधि छनौटमा विवादले नाम सार्वजनिक हुन सकेको छैन । गोप्य रुपमा केही नामहरु तय भएपनि नेतृत्वले नाम सार्वजनिक नगरेको हो । 
 
नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिले ७ जना महाधिवेशन प्रतिनिधि चयन गर्न पाउंछ । यसका लागि फोन मार्फत सल्लाहकार र पदाधिकारीसंग वार्ता गरिएको थियो । 
 
गोप्य राखिए पनि आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, धर्म श्रेष्ठ र एक जना महिलामा माया कठायत पौडेल महाधिवेशन प्रतिनिधि लगभग चयन गरिएको छ । विष्ट, योञ्जन, श्रेष्ठ देउवा पक्षधर भनेर चिनिएका हुन् । कार्यवाहक सभापति रामचन्द्र पौडेलले जनसम्पर्क समितिका अध्यक्ष विष्टलाई टेलिफोन गरी आफु निकट व्यक्तिलाई सिफारिस गरेपनि परेनन् । महाधिवेशन निकट आएकाले छनौट भएका महाधिवेशन प्रतिनिधिलाई केही दिन अघि देखिनै हवाई टिकट लगायत नेपाल जानका लागि  तयारी गर्न गोप्य रुपमा भनिएको थियो । श्रेष्ठ सहमतिका लागि अझै तयार गरेको वताईएको छ । 
 
जनसम्पर्क सिमिति भित्रै विधान अनुसार महाधिवेशन प्रतिनिधि छनौट नगरिएको विवाद पनि उठेको छ । समितिकै  उपाध्यक्ष लगायत पदाधिकारीले अपारदर्शीरुपमा कांग्रेस पार्टीको नियम विपरित महाधिवेशन प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन् ।