मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलस नेपाली समुदायको पहलमा गोर्खामा विद्यालय निर्माण

लस एन्जलस नेपाली समुदायको पहलमा गोर्खामा विद्यालय निर्माण


डोल्मा लामा / शंकर वाग्ले – हिमालयखबर सवाददाता-
लस एन्जलस (अमेरिका)– नेपाली समुदाय र नेपालस्थित आमा फाउण्डेसनको संयुक्त सक्रियतामा गोरखामा निर्माण पुरा भएको श्री सिद्धकाली उच्च माध्यमिक विद्यालयको हिजो चर्चित वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेलले उद्घाटन  गर्नुभएको छ ।  
 
कार्यक्रममा उक्त विद्यालयका ब्राण्ड एम्बेस्डर मिस नेपाल क्यालिफोर्निया, अनुषा कार्कीले भने यस विध्यालयलाई आवश्यकिय शैक्षिक सामाग्री र विपन्न बालबालिकाहरुलाई छात्रवृत्ति बारे सहयोग खोज्ने प्रतिबध्दता गरेकी छिन् भने प्रमुख अतिथि खरेलले उक्त विद्यालयलाई विशेष निगरानीमा राखी सहयोग गर्ने प्रतिबध्दता  समेत गरेका छन् र गत वर्ष लस एन्जसलमा ‘बेनिफिट नेपाल मेगा इभेन्ट’ का संगीतकार  निमा रुम्बाले भने यो अत्यन्तै उदाहरणिय कार्य भएको र विदेशमा बस्नुहुने सम्पूर्ण महानुभावहरुलाई आफ्नो मातृभूमिमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो। 
 
यस्तै गरी युवा क्लब भीमाद का अध्यक्ष नारायण लम्साल भने गत वर्षको विनाशकारी भूकम्प पश्चात् राहत बाड्न जाने क्रममा स- साना बालबालिकाहरुले पढ्ने विद्यालय छैन बस्ने घर छैन भनेपछि तनहुँ भिमादबासी हाल लस एन्जल्स अमेरिका रहेर विद्यालय  निर्माणमा सहयोग गर्ने विश्व सुबेदीलाई धन्यवाद दिएका छन् भने विद्यालयको उद्घाटनको क्रममा नेपाल प्रहरीका चर्चित वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेलले सुबेदी जस्ता युवाहरूलाई प्रोत्साहन जरुरी छ भन्नुभएको थियो । 
 
झन्डै १९ हजार अमेरिकी डलरको लागतमा उक्त विद्यालयको पुनः निर्माण पुरा भएको हो र उक्त विद्यालय अमेरिकामा रहेका नेपालीहरूको सक्रियतामा सहयोग सङ्कलन गरी निर्माण गरिएको हो अझै केही रकम अपुगको कारण विद्यालयको केही निर्माण कार्य बाँकी  रहेको एफ. वान. ग्रुप .का संयोजक विश्व सुवेदीले हिमालय खबर संगको कुराकानीमा  बताए ।