बिश्व घटना

लबकमा पूर्व प्रधान मन्त्री स्व. श्री सुशील कोइराला को सम्मानमा शोक सभा

लबकमा पूर्व प्रधान मन्त्री स्व. श्री सुशील कोइराला को सम्मानमा शोक सभा


लबक, टेक्सस, फेब्रुअरी १३ – गत फेब्रुअरी १३, २०१६ का दिन नेपाली समाज लबक तथा नेपाल विद्यार्थी संगठन टेक्सस टेक  यूनिभरसिटि लबक, टेक्ससको संयुक्त आयोजनामा नेपालका पूर्व प्रधानमन्त्री स्व. श्री सुशील कोइरालाको सम्मानमा  एक  श्रदान्जली कार्यक्रमको आयोजना  गरियो I
 
नेपाली समाज लबकका सभापति डा. माधब पाण्डेको सभापतित्वमा सम्पन्न  उक्त कार्यक्रममा स्व. श्री कोइरालाको तस्बिरमा पुष्प गुच्छा चडाउनुका  साथै उंहाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थिए समारोहमा प्रा.डा. मेघ पराजुली,  स्थानीय ब्यबसायी श्री प्रमोद घिमिरे लगायत विभिन्न महानुभाबहरुले स्व. श्री कोइरालाको व्यक्तित्व र उंहाले नेपालको संबिधान निर्माणमा पुर्याउनुभएको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो I 
 
समाजका उपसभापति श्री सुरेन्द्र गौतमद्वारा संचालित उक्त कार्यक्रममा नेपाली विद्यार्थी संघ, टेक्सस टेक यूनिभरसिटि  लबकका सभापति श्री रोशन बिमलीले स्व. श्री कोइरालाको सादा जीवन र उच्च बिचारको  बारेमा प्रकाश पार्नुभएको थियोकरिब ३० मिनेटसम्म  संचालित उक्त कार्यक्रममा नेपाली परिवार तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो I

शेयर गर्नुहोस:

0
Shares