मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाका नेपालीको सहयोगमा तयार भयो विद्यालय

अमेरिकाका नेपालीको सहयोगमा तयार भयो विद्यालय


लस एन्जलस (अमेरिका) – नेपाली समुदाय र नेपालस्थित आमा फाउण्डेसनको संयुक्त सकृयतामा गोरखामा निर्माण पुरा भएको श्री सिद्धकाली उच्च माध्यमिक विद्यालय आउँदो साता उद्घघाटन  हुने भएको छ । 
 
झण्डै २० हजार अमेरिकी डलरको लागतमा उक्त विद्यालयको पुनः निर्माण पुरा भएको हो । गत वर्षको भुकम्पमा परि भवन ध्वँस्त भएपछि अमेरिकामा रहेका नेपालीहरुको सकृयतामा सहयोग संकलन गरि निर्माण गरिएको हो ।
 
एफ. वान. ग्रुप .का संयोजक विश्व सुवेदीका अनुसार ५ कोठाको उक्त विद्यालय भवनको पुरा निर्माणका लागि झण्डै २० लाख रुपैयाँ लाग्ने भएको छ । यसको लागि भर्खरै आमा फाउण्डेसनले पाँच हजार  अमेरिकी डलर सहयोग गरेको छ । गत वर्ष लस एन्जसलमा ‘बेनिफिट नेपाल मेगा इभेन्ट’ आयोजना गरेर ६ हजार डलर संकलन गरिएको थियो । लस एन्जलस सेरोफेरोमा पर्ने रिभर साइडबाट पनि उक्त विद्यालय भवनको निर्माणार्थ तीनहजार चारसय डलर सहयोग संकलन गरिएको थियो । 
 
यो विद्यालय भवनको पुनः निर्माणका लागि एफ.वान. ग्रुप .लसएन्जलसले मुख्य संयोजन गरेको छ । स्थानीय संयोजनको जिम्मा भने गोरखाको ओसियन क्लब र युवा क्लब भीमाद ले गरिरहेको छ । 
 
विद्यालयको उद्घघाटन नेपाल प्रहरीका चर्चित वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेललाई निमन्त्रणा गरिएको एफ. वान. ग्रुपका संयोजक  सुवेदी ले जानकारी दिएका छन् । 
 
यही फेब्रुअरी १९ तारिखमा  उद्घघाटन कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रमका लागि मिस नेपाल क्यालिफोर्निया अनुषा कार्की, कलाकार निमा रुम्बा, आस्था भण्डारी, मलिना जोशी लगायत उपस्थित हुने जनाइएको छ ।